NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

नागढुंगा सुरूङ मार्ग अर्को वर्ष खोलिने, यस्ताे छ बजेटकाे व्यवस्था

काठमाडौं । सरकारले निर्माणाधिन नागढुंगा सुरुङ मार्ग एक वर्षभित्र खुलाउनका लागि रु ५ अर्ब २० करोड बजेट छुट्याएको छ ।

आइतबार आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले  सुरुङ मार्ग अर्को वर्ष खोल्नका लागि उक्त बजेट छुट्याएका हुन् ।

त्यस्तै मन्त्री शर्माले नौबिसे–मुग्लिन सडक स्तर उन्नतीका लागि रु १० अर्ब छुट्टाएको छ । विश्व बैंकको सहयोगमा स्तर उन्नती गर्न लागिएको उक्त राजमार्ग दुई लेन देखि ६ लेनसम्म बिस्तार गर्ने सरकारको योजना छ ।