NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

कर्मचारीको तलव बढ्यो

काठमाडौं । सरकारले राष्ट्रसेवक कर्मचारीको तलव वृद्धि गरेको छ । सबै तहका कर्मचारीको तलव १५ प्रतिशतले वृद्धि भएको छ ।

कर्मचारीहरुले पाउँदै आएको भत्ता यथावत हुनेछ भने सरकारले तलव वृद्धि आयोगको पनि गठन गर्ने भएको छ ।

आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९र८० को बजेट भाषण गर्दै कर्मचारीको तलव वृद्धि भएको घोषणा गरेका हुन् ।

निजामती सेवा ऐनमा हरेक दुई वर्षमा तलव पुनरावलोकन हुनुपर्ने व्यवस्था उल्लेख गरिएपनि तीन वर्षपछि कर्मचारीको तलव वृद्धि भएको हो ।

अघिल्लो अर्थिक वर्षमा पनि तलव बढ्ने विषय हल्लामा मात्रै सिमित भएको थियो । सो आ।वमा सरकारले कोरोना महामारीले अर्थतन्त्रलाई पारेको प्रभावको कारण देखाउँदै तलववृद्धि गर्नबाट पन्छिएको थियो ।