NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

नागरिकता बनाउँदा प्यान नम्बर अनिवार्य

काठमाडौं । नागरिकता तथा राष्ट्रिय परिचयपत्र लिँदा अब अनिवार्य स्थायी लेखा नम्बर चाहिने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले नयाँ आर्थिक वर्षदेखि लागू हुने गरी नागरिकता तथा राष्ट्रिय परिचय पत्र बनाउँदा स्थायी लेखा नम्बर अनिवार्य घोषणा गरेका हुन् । त्यस्तै सवारी चालकले अनिवार्य स्थायी नम्बर लिनुपर्ने मन्त्री शर्माले बजेटमार्फत घोषणा गरेका छन् ।