आइपिएलको उपाधि गुजरातको पोल्टामा
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) को यो सिजनको उपाधि गुजरात टाइटन्सले जितेको छ ।
आइतबार राति सम्पन्न खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरातले आइपिएलको डेब्युमै उपाधि चुमेको हो ।
गुजरातले यही सिजनबाट आइपिएल खेल्न थालेको थियो ।
राजस्थानले १ सय ३१ रनको लक्ष्य दिएकोमा गुजरातले १८ ओभर १ बलमा ३ विकेट गुमाउँदै त्यसलाई पूरा गर्यो ।
गुजरातको यो जितमा सुबमन गिलले अविजित रहँदै सर्वाधिक ४५ रन जोडे भने कप्तान हार्दिक पाण्डेयले ३४ रन, डेभिड मिलरले ३२, म्याथ्यु वेडले ८ र रिद्धिमान शाहले ५ रनको योगदानद दिए ।
यो क्रममा राजस्थानका ट्रेन्ट बोल्ड, युजभेन्द्र चाहल र प्रसिद्ध कृष्णले १/१ विकेट लिएका थिए ।
पहिले ब्याटिङ सम्हालेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३० रन जोडेको थियो । जसमा जोश बट्लरले सर्वाधिक ३९ रन, याशभी जैसवालले २२ रन, रियान परागले १५ र सन्जु सामसनले १४ रनको योगदान दिए ।
गुजरातका हार्दिक पान्डय र साई किशोरले क्रमशः ३ र २ विकेट लिए ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया