बालेनको पहिलो निर्णय : नगरकार्यपालिकाको बैठक प्रत्यक्ष प्रशारण
काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन) ले सोमबार सपथ लिएसँगै पदभार ग्रहण गरेका छन् ।
बालेनले पदभार ग्रहणपछि पहिलो निर्णयमा हस्ताक्षर गर्दै उनले सोमबार ४ बजे नगर कार्यपालिकाको बैठक बस्ने र त्यसको प्रत्यक्ष प्रशारण गर्ने निर्णय गरेका छन् ।
बालेनले चुनावी अभियानको क्रममा नै महानगरका सबै बैठकहरू पारदर्शी बनाउन प्रत्यक्ष प्रशारण गर्ने बाचा गरेका थिए ।
यसका साथै बालेनले भनेका छन्, ‘फोहोर व्यवस्थापन नभएसम्म, सिसडोलवासी स्वच्छ वातावरणमा बस्ने वातावरण नभएसम्म, बाँच्न पाउने अधिकार नभएसम्म अरु नगर्ने भनेका छौं ।’
बालेनले सुरू देखि नै फाेहाेरमैला व्यवस्थापनलाई प्राथमिकतामा राखेका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया