NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

राष्ट्रपति जेलेन्स्की पहिलोपटक किएभबाहिर युद्धग्रस्त खार्किभ क्षेत्रमा पुगे

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूसी आक्रमणपछि पहिलो पटक देशको युद्धग्रस्त पूर्वको खार्किभ क्षेत्रको भ्रमण गरेका छन् । त्यसक्षेत्रबाट मस्को पछिल्ला हप्ताहरूमा पछाडि हटेको छ ।

जेलेन्स्कीको कार्यालयले टेलिग्राममा बुलेट प्रुफ भेस्ट लगाएको र खार्किभ र त्यसको वरपरका थुप्रै भत्किएका भवनहरू देखाइएको भिडियो पोस्ट गरेको छ । ‘खार्किभ र त्यस क्षेत्रमा २, २२९ भवनहरू ध्वस्त भएका छन् । हामी पुनर्स्थापना, पुनर्निर्माण गर्नेछौँ,’ पोस्टमा उल्लेख गरिएको छ ।

फेब्रुअरी २४ मा रुसी आक्रमण सुरु भएयता किएभबाहिर यो उनको पहिलो भ्रमण हो । खार्किभको भ्रमणमा गएका उनले स्थानीय सुरक्षा प्रमुखलाई सहरको ‘रक्षा नगरेको’ आरोपमा बर्खास्त गरेका छन् ।

युक्रेनको दोस्रो ठूलो सहर खार्किभ करिब १५ दिन जति शान्त रहे पनि रुसले पुनः आक्रमण सुरु गरेको छ ।

अप्रिल र मेमा रुसी सेनाहरु यो सहरबाट हटेपछि विस्थापित व्यक्तिहरु पुनः फर्किन सुरु गरेका छन् । रुसी आक्रमणपछि बन्द रहेको यहाँको मेट्रो सेवासमेत सुरु भएको थियो ।