NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

‘कबड्डी–४’ हेर्न गएका एक युवा पक्राउ, नायिकालाई अभद्र व्यवहार गरेको आरोप

काठमाडौं । नायिकालाई अभद्र व्यवहार गरेको आरोपमा ‘कबड्डी–४’ हेर्न गएका एक युवा पक्राउ परेका छन् । उनी सोही चलचित्रकी नायिका मिरुना मगरलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा मुगु घर भएका अन्दाजी २९ वर्षीय फुर्पा तामाङ रहेको प्रहरीले जनाएको छ । उनलाई आइतबार साँझ पक्राउ गरिएकोहो ।

सुन्धारास्थित सिभिल मलमा ‘कबड्डी–४’ हेर्न पुगेका तामाङले आफूलाई छोएको भन्दै अभिनेत्री मगरले तत्कालै झापड हानेकी थिइन् । त्यसपछि त्यहाँ हल्लीचल्ली मच्चिएको थियो ।

यता, तामाङले भने आफूले नियतवश नभई झुक्किए छुन पुगेको भन्दै माफी मागेका थिए । उनले माफी माग्नका बाबजुद अभिनेत्री मगरले भने प्रहरीलाई खबर गरेकी थिइन् । त्यसुपछि तामाङ पक्राउ परेका हुन् ।