रेष्टुरेन्टका शौचालयलाई सार्वजनिक बनाउने बालेनको प्रस्ताव
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले काठमाडौंका रेष्टुरेन्ट शौचालयलाई सार्वजनिक बनाउने प्रस्ताव राखेका छन् ।
सोमबार बसेको पहिलो कार्यपालिका बैठकमा बालेन्द्रले सर्वसाधारणलाई प्रयोग गर्न मिल्ने गरी महानगरभित्र रहेका रेष्टुरेन्टमा रहेका शौचालयलाई सार्वजनिक बनाउने प्रस्ताव गरेका हुन् ।
शाहको प्रस्तावअनुसार रेष्टुरेन्टहरुमा शौचलय प्रयोग गर्न सकिने गरी संकेत बोर्ड राखिने र निःशुल्क प्रयोग गर्न मिल्ने बनाइने छ । मेयर बालेनले रेष्टुरेन्ट सञ्चालकहरुसँग गरेको अनौपचारिक छलफलमा उनीहरु सकारात्मक रहेको पनि बैठकमा बताएका छन् ।
यसका साथै सडकका खाल्डाखुल्डी पुर्ने, ढल निकास गर्ने जस्ता काम तुरून्तै गर्न २ वटा भौतिक पूर्वााधर एम्बुलेन्स सुरु गर्ने, महानगरमा जनताको गुनासो र सहयोगका लागि कल सेन्टर राख्ने प्रस्ताव पनि गरेका छन् ।
फोहर व्यवस्थापन नभएसम्म बैठकको भत्ता लिन्नँ : वडाध्यक्ष डंगोल
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया