NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

क्यानडाले ह्याण्ड गनको खरिद, बिक्रीमा रोक लगाउने

काठमाडौं । क्यानडाले ह्याण्ड गनको खरिद तथा बिक्रीमा रोक लगाउने प्रस्ताव गरेको छ ।

अमेरिकाको एक प्राथमिक विद्यालयमा २१ जनाको ज्यान जाने गरी भएको बन्दुक आक्रमणको केही समयपछि जस्टिन ट्रुडो नेतृत्वको सरकारले यस्तो प्रस्ताव गरेको हो ।

ट्रुडोलेसबै किसिमका ह्याण्ड गनको खरिद र बिक्रीमा पूर्ण प्रतिबन्ध लगाउन आवश्यक रहेको बताएका छन् ।

ट्रुडो नेतृत्वको सरकारले यसका लागि एउटा नयाँ कानून प्रस्ताव गरेको छ जसमा सबै खालका साना अस्त्रमा निजी स्वामित्व निषेध गरिएको छ ।

कानूनले ह्याण्डगनको स्वामित्वमा प्रतिबन्ध लगाउने छैन । तर खरिद गर्नुलाई अवैध बनाइदिनेछ ।

यो प्रस्तावित कानून सोमबार अमेरिकाको संसदमा पेश भएको छ । जुन पारित भएमा देशभित्र ह्याण्ड गनको खरिद, बिक्री, स्थानान्तरण र आयात गर्न पाइने छैन ।

सञ्चारकर्मीसँग कुरा गर्दै ट्रुडोले सुटिङ र शिकार खेलका प्रयोजनबाहेकमा ह्याण्ड गन प्रयोग गर्न क्यानडामा आवश्यक नरहेको बताएका छन् ।

‘बन्दुकको प्रयोगले हिंसाका घटना बढोत्तरी हुन्छ भने त्यसलाई नियन्त्रण गर्न कदम चाल्नु हाम्रो कर्तव्य हो,’ ट्रुडोले भनेका छन् ।