NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

नायिका मिरुनाविरुद्ध प्रदर्शनमा उत्रिए युवा

काठमाडौं । ‘कबड्डी ४’ की नायिका मिरुना मगरविरुद्ध चुच्चेपाटीको केएल टावर अगाडी युवाहरुले प्रदर्शन गरेका छन् । उनीहरुले पक्राउ परेका बौद्ध भिक्षुलाई विनाशर्त रिहा गर्नुपर्ने र मिरुनाले माफी माग्नुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले फिल्मको पोष्टरसमेत जलाएका छन् र फिल्म बहिष्कार गर्ने चेतावनी पनि दिएका छन् ।

मिरुनाले आफूमाथि ब्याड टच गरेको भन्दै तामाङ थरका युवालाई प्रहरीको जिम्मा लगाएकी थिइन् । उनीविरुद्ध प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गरिरहेको छ । तर, चौतर्फी विरोधपछि उनलाई छाड्ने तयारी गरिएको छ ।