NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

कसले च्यात्यो ‘कबड्डी –४’को पोस्टर ?

काठमाडौं । अभिनेत्री मिरुना मगरविरद्ध अहिले काठमाडौंका केही हलमा प्रदर्शन भइरहेको छ । उनी अभिनित चलचित्र ‘कबड्डी ४’को प्रदर्शनसमेत रोकिएको छ ।

यतिमात्र होइन प्रदर्शनमा उत्रिएकाहरूले चावहिलस्थित एफक्युब मल्टिप्लेक्समा टाँसिएको ‘कबड्डी –४’को तस्बिर नै च्यातिदिएका छन् ।

एफक्युब सिनेमा हल रहेको भवन केएल टावरबाहिरको स्थिति तनावग्रस्त बनेपछि मध्यान्ह १२ बजेको शो स्थगित गरिएको छ ।

नायिका मिरुनालाई ‘दुर्व्यवहार’ गरेको आरोपमा पक्राउ परेका एक युवकलाई रिहाइ गर्न माग गर्दै प्रदर्शन चर्किएको छ । यही क्रममा पोस्टर च्यातिएको हो ।

मिरुनासँगै धेरै कलाकारको तस्बिर च्यातिएको छ । दयाहाङ राईलाई भने पोस्टरमा देख्न सकिन्छ ।

हलबाहिर तनाव चर्किएपछि ‘कबड्डी –४’को प्रदर्शन रोकियो – NepalWatch