क्रिकेट खेल तालिका सार्वजनिक
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-दुईअन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक गरेको छ ।
नेपाल, स्कटल्याण्ड र नामिबियाबीच हुने त्रिकोणात्मक एकदिवसीय उक्त सिरिजको खेल तालिकाअनुसार नेपालले आफनो पहिलो खेलमा नामिबियासँग खेल्ने आइसीसीले जनाएको छ । नेपाल र नामिबियाबीचको खेल आगामी असार २७ गते हुनेछ ।
यस्तै नेपालले आफ्नो दोस्रो खेल स्कटल्याण्डसँग असार २९ गते खेल्नेछ भने नामिबियाविरुद्धको तेस्रो खेलमा नेपालले असार ३२ गते खेल्नेछ । त्यस्तै चौथो तथा अन्तिम खेलमा नेपालले स्कटल्याण्डसँग आगामी साउन १ गते खेल्नेछ ।
लिग दुईकै सिरिजअन्र्गत नेपाली क्रिकेट टोली अहिले अमेरिका भ्रमणमा रहेको छ । अमेरिका र ओमनसँग हुने त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्न नेपाली टोली अमेरिका पुगेको हो । उक्त सिरिज यही जेठ २५ गतेदेखि असार ५ गतेसम्म चल्नेछ ।
लिग दुईको अंक तालिकामा नेपाल छैटौं स्थानमा रहेको छ । नेपालले अहिलेसम्म १२ खेल खेल्दा ६ खेलमा जित तथा ६ खेलमा हार व्योहोरेको छ । त्यसैगरी अंक तालिकाको शीर्ष स्थानमा ओमन रहेको छ ।
त्यसैगरी दोस्रो स्थानमा स्कटल्यान्ड रहेको छ भने तेस्रोमा संयुक्त अरब इमिरेट्स (युएई), चौथोमा अमेरिका र पाँचौ स्थानमा नामिबिया रहेको छ । पपुवा न्यूगिनी सातौ स्थानमा छ ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया