NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

विप्लव नेतृत्वको नेकपाले असोजमा महाधिवेशन गर्ने

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को महाधिवेशन आगामी असोजमा हुने भएको छ ।

हेमन्तप्रकाश ओली ‘सुदर्शन’, धर्मेन्द्र बास्तोलाको बहिर्गमनपछि पहिलोपटक बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले असोजमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको हो ।

स्थानीय तह निर्वाचन उपयोगको विषयलाई लिएर मतान्तर बढेपछि सुदर्शन र बास्तोलाले सो दलबाट अलग भएर नेकपा (बहुमत) गठन गरेका छन् ।

नेकपाका एक केन्द्रीय नेताले असोज १ गतेदेखि पार्टीको नवौं महाधिवेशन गर्ने निर्णय भएको जानकारी दिए ।

जेठ १७ गतेसम्म पाँच दिन चलेको बैठकले विप्लवले प्रस्तुत गरकेो राजनीतिक प्रतिवेदन पास गर्नुका साथै समसामयिक राजनीतिक विषयमा छलफलसमेत गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष