NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते
युरोपेली भर्सेस दक्षिण अमेरिकी च्याम्पियन

विश्वकपमा छनोट नभएको पीडा भुल्न चाहन्छ इटाली, आफ्नै रेकर्ड तोड्ने अर्जेन्टिनाको लक्ष्य

काठमाडौं । युरोपियन च्याम्यियनसिप (युरोकप) विजेता इटाली र दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिका विजेता अर्जेन्टिना आज राति आमन–सामने हुँदैछन् ।

बेलायतको लण्डनमा नेपाली समयअनुसार राति १२ः३० बजे हुने यस खेललाई ग्राण्ड फाइनलको नाम दिइएको छ । यसलाई २९ वर्षअघिको अर्टेमिओ फ्रान्ची कपको नयाँ संस्करणको रुपमा लिइएको छ । जहाँ पनि युरोपियन र दक्षिण अमेरिकन च्याम्पियन खेल्ने गर्थे ।

चारपटकको विश्वविजेता इटाली लगातार दोस्रोपटक विश्वकपमा छनोट नभएको पीडा बिर्साउन विश्वकै सर्वोत्कृष्ट खेलाडी लियोनल मेसीको अर्जेन्टिनालाई जसरी भए पनि जित्न चाहन्छ । कप्तान जर्जियाे किलिनीका लागि यो खेल राष्ट्रिय टोलीका लागि अन्तिम खेल हुँदैछ । यसर्थ, उनी आफ्नो विदाइ सुखद बनाउन चाहन्छन् । यसको अर्थ उनी र उनको टिम अर्जेन्टिनालाई जित्न चाहन्छन् । तर, मेसीसहितका स्टार खेलाडी रहेको अर्जेन्टिना सहज नभएको उनको भनाइ छ ।

ITALY vs ARGENTINA ○ Finalissima 2022: Head to Head Predicted Lineups | JunGSa Football - YouTube

यता, सर्वाधिक १५ पटकको कोपा अमेरिका च्याम्पियन अर्जेन्टिना भने ३१ खेलसम्म अपराजित छ । अर्जेन्टिना सन् २०१९ को कोपा अमेरिकाको सेमिफाइनलमा ब्राजिलसँग हारेदेखि पराजित भएको छैन । यसबीचमा उसले कोपा अमेरिका जितेको छ भने कतार विश्वकपका लागि पनि सजिलै छनोट भएको छ ।

अर्जेन्टिना यसअघि सन् १९९१ देखि ९३ सम्ममा बनेको आफ्नै ३१ खेलको अपराजित यात्रा योपटक तोड्न चाहन्छ । यदि आज राति दुईपटकको युरोकप विजेता इटालीलाई जितेमा आफ्नै रेकर्ड तोडिनेछ । कप्तान मेसीले बलियो टोली इटालीविरुद्ध आफ्नो टिम जित्नका लागि तयार रहेको बताएका छन् ।

इटाली र अर्जेन्टिना यसअघि १६ पटक आमने–सामने भइसकेका छन् । दुईपटकको विश्वविजेता अर्जेन्टिनाले ६ पटक र इटालीले ५ पटक जित हासिल गरेका छन् । यस्तै, यी दुई टोलीबीचका ५ खेल भने बराबरीमा टुंगिएका छन् । पछिल्ला ४ खेलमध्ये सबै खेल अर्जेन्टिनाले जितेको छ । सन् १९८७ पछि इटालीले अर्जेन्टिनालाई हराउन सकेको छैन । फिफा वरीयतामा पनि अर्जेन्टिना अगाडि छ । उ चौथो र इटाली छैंटौ स्थानमा छन् ।

इटाली रक्षापंतिमा बलियो मानिन्छ । अर्कोतिर अर्जेन्टिनाको अग्रपंति सधै अब्बल हुने गर्छ । यसर्थ, यस खेललाई रक्षात्मक र आक्रामक टोलीबीचको भिडन्तका रुपमा हेरिएको छ ।

युरोपियन च्याम्यियन इटालीविरुद्ध खेल्ने अर्जेन्टिनी टोली : डिबालाको पुनरागमन, परेडेस अटेनन् – NepalWatch

ताजा अपडेट

नेपालवाच विशेष