काठमाडौं महानगरले ‘भौतिक पूर्वाधार एम्बुलेन्स’ तत्कालै सुरु गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले भौतिक पूर्वाधार एम्बुलेन्स तत्कालै सुरु गर्ने भएको छ । यो एम्बुलेन्सले बाटोको खाल्डाखुल्डी मर्मत गर्नेछ ।
अहिले सुरु गरेको २ वटा एम्बुलेन्सका लागि महानगरमा नै भएका पुराना गाडी प्रयोग गरिनेछ । यो एम्बुलेन्समा एक जना इन्जिनियरसहित ५ जना जनशक्ति हुनेछन् ।
यसका लागि कल सेन्टर पनि महानगरले सुरु गर्ने र स्थानीयको उजुरी एवं गुनासो अनुसार एम्बुलेन्स सञ्चालन हुनेछ र लगभग १ सातामा कार्यान्वयनमा आउने बताइएको छ ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया