लण्डनमा अर्जेन्टिना र इटालीबीचको खेल चलिरहँदा बालेन र हर्कको तस्बिर प्रदर्शन
काठमाडौं । दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिका फुटबल प्रतियोगिताको च्याम्पियन अर्जेन्टिनाले युरोपियन च्याम्पियन इटालीलाई ३–० गोल अन्तरले हराउँदै ‘ग्राण्ड फाइनल’को उपाधि जित्यो ।
सो खेल दौरान खिचिएको एउटा तस्बिरले अहिले सबै नेपालीको मत खिचेको छ । अर्जेन्टिना र इटालीबीचको खेल हेर्न बेलायतको लण्डनस्थित वेम्बली रंगशालामा पुगेका एक नेपाली युवाको तस्बिरले सबैको मन खिचेको हो ।

नेपालको राष्ट्रिय झण्डा बोकेका ती युवाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङअंकित तस्बिर प्रदर्शन गरेका छन् । त्यसमा उनले जय नेपाल पनि लेखेका छन् ।
ती युवा पूरा परिचय भने खुलेको छैन । उनी बेलायतमा अध्ययनरत नेपाली विद्यार्थी भएको अनुमान गरिएको छ ।
अर्जेन्टिना ३२ खेलसम्म अपराजित, कुन थियो पराजित भएको अन्तिम खेल ? – NepalWatch
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया