NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर राख्नुपर्ने, नराख्नेलाई साउनदेखि कारबाही गरिने

काठमाडौं । यातायात व्यवस्था विभागले बागमती र गण्डकी प्रदेशमा दर्ता कायम रहेका सवारी साधनहरूमा असार महिनाभित्र अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट राख्न आग्रह गरेको छ । विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै यी दुवै प्रदेशमा दर्ता भएका सवारीसाधनमा असार मसान्तसम्म इम्बोस्ड नम्बरप्लेट राखिसक्न निर्देशन दिएको हो ।

इम्बोस्ड नम्बर प्लेट नराखे साउन १ गतेदेखि ट्राफिक प्रहरीले अनुगमन गर्ने र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिने विभागले जनाएको छ ।