पल शाह सर्वोच्च नजाने, जिल्लाकै फैसला कुर्ने
काठमाडौं । बलात्कारको मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामै राख्न उच्च अदालतले आदेश दिएसँगै उनीसँग अर्को विकल्प छ सर्वोच्च अदालत जाने । तर, उनले यो विकल्प प्रयोग नगर्ने भएका छन् । पुनरावेदनका लागि सर्वोच्च नगइ उनले अब फैसला कुर्ने भएका हुन् ।
जिल्ला र उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च जान सकिने व्यवस्था हुनका बाबजुद समय लाग्ने भएपछि अब फैसला नै कुर्ने निर्णय भएको अभिनेता शाहको पक्षमा वकालत गरिहेका एक कानुन व्यवयायीले बताए ।
सुनुवाइका लागि सर्वोच्चमा मुद्दा हालेपछि जिल्लाको फैसला पनि अड्किने उनको भनाइ छ ।
अभिनेता शाहलाई थुनामै राखेर बलात्कार मुद्दाको प्रक्रिया अघि बढाउने जिल्लाको आदेशलाई उच्चले बिहीबार आज सदर गरेको थियो ।
यसअघि तनहुँ र नवलपुर जिल्ला अदालतले शाहलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो । त्यसविरुद्ध पुनरावेदन गर्न उनी उच्च उदालत, पोखरा गएका थिए ।
उच्च अदालतका न्यायाधीशद्वय उज्ज्वल शुक्ला र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलाशले उक्त फैसला सुनाएको हो ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया