भुसालमाथिको कारबाही सिफारिसप्रति योगेश भट्टराई असन्तुष्ट
काठमाडौं । नेता घनश्याम भुसालले पार्टी अनुशासन उल्लंघन गरेको ठहरसहित कारबाही गर्न एमाले अनुशासन आयोगले गरेको सिफारिसप्रति सोही पार्टीका नेता योगेश भट्टराईले असन्तुष्टि जनाएका छन् ।
कुनै पनि आवेग, उत्तेजना र आग्रहमा गरिने क्रिया र प्रतिक्रियाले सही ठाउँमा नपुर्याउने भन्दै उनले संवादबाट समाधान खोज्न सुझाव दिएका छन् ।
‘आवेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिक्रियाले सही ठाउँमा पुर्याउँदैन । फेरि पनि वादे वादे जायते तत्व बोध ।’
भट्टराईले एमाले पार्टीको नाम नलिई अप्ठ्यारो परेका बेला सम्हालिनुपर्ने सुझाव पनि दिएका छन् ।
स्थानीय तह निर्वाचन परिणामलाई लिएर नेता घनश्याम भुसालले एक टेलिभिजन अन्तर्वार्ताका दौरान अध्यक्ष केपी शर्मा ओलीप्रति गरेको टिप्पणीपछि केशव बडाल नेतृत्वको एमाले अनुशासन आयोगले उनीमाथि कारबाही गर्न सिफारिस गरेको थियो । जसबारे विभिन्नखाले टिका–टिप्पणी भइरहेका छन् ।
ताजा अपडेट
-
सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण
-
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : चेम्बर निर्वतमान अध्यक्ष मल्ल
-
एक किलो सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ
प्रतिक्रिया