NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

युक्रेनलाई हराउँदै वेल्स ६४ वर्षपछि विश्वकपमा

काठमाडौं । युक्रेनलाई पराजित गर्दै ६४ वर्षपछि वेल्स फिफा विश्वकपमा छनोट हुन सफल भएको छ ।

आइतबार राति सम्पन्न युरोपियन प्ले अफमा युक्रेनलाई १–० गोल अन्तरले पराजित गर्दै वेल्स विश्वकपमा छनोट भएको हो ।

वेल्सलाई विश्वकपमा पुर्याउन आत्मघाती गोल सहयोगी बन्यो । आन्द्रेई यार्मोलेन्को ३४ औँ मिनेटमा आत्मघाती गोल गर्न पुगेका थिए ।

वेल्स सन् १९५८ पछि पहिलोपटक विश्वकपमा छनोट हुन सफल भएको हो ।

विश्वकपमा वेल्स समूह बीमा समेटिएको छ । यो समूहमा इंग्ल्याण्ड, अमेरिका र इरान छन् ।

वेल्सको जितसँगै युद्धग्रस्त युक्रेनको भने विश्वकप २०२२ मा सहभागी हुने सम्भावना अन्त्य भएको छ । चार दिनअघि भएको प्ले अफको सेमिफाइनलमा स्कटल्याण्डलाई हराउँदै युक्रेन फाइनलमा पुगेको थियो । तर, फाइनलमा पराजित हुन पुग्यो ।

युद्धकै कारण प्ले अफका दुई खेल पछि सरेका थिए ।