NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

रोनाल्डोका दुई गोलसँगै पोर्चुगलको सहज जित

काठमाडौं । कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि पोर्चुगलले सहज जित निकालेको छ । युइएफए नेसन्स लिग फुटबलमा एक पटकको विजेता पोर्चुगलले स्विट्जरल्याण्डमाथि ४–० को सहज जित निकालेको हो ।

समूह चरण अन्तर्गत गएराति भएको खेलमा रोनाल्डोले दुई तथा विलियम कार्भाल्हो र जाओ कान्सेलेले एक–एक गोल गरे ।

खेलको पाँचौं मिनेटमा कार्भाल्होले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ३५ औं मिनेटमा रोनाल्डोले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।

यस्तै, ३९ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता ३–० को बनाए ।

त्यसपछि खेलको ६८ औं मिनेटमा कान्सेलोले गोल गर्दै पोर्चुगललाई ४–० गोलको सहज जित दिलाए ।

जितसँगै लिग ए समूह २ को पोर्चुगलले महत्वपूर्ण ३ अंक जोडेको छ ।

२ खेलमा ४ अंक जोडेको पोर्चुगल समूहको शीर्ष स्थानमा छ ।

स्विजरल्याण्डले भने लगातार दोस्रो हार व्यहोरेको छ । यसअघि उ चेक रिपब्लिकसँग पराजित भएको थियो ।
सोही समूहको अर्को खेलमा चेक रिपब्लिक र स्पेनले दुई–दुई गोलको बराबरी खेले ।

यो समूहका दोस्रो स्थानमा रहेको चेक रिपब्लिकले पनि चार अंक बनाएको छ । स्पेन भने दुई अंक मात्र जोडेको छ ।

मेसीको २६ खेलमा ६ गोल, १ खेलमा ५ गोल – NepalWatch