आइतबार विदा दिने निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं । आइतबार पनि सार्वजनिक विदा दिने सरकारले गरेको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
सरकारले हचुवाका भरमा हप्तामा दुई विदा दिने निर्णय गरेको भन्दै अधिवक्ताहरू रामबहादुर शाही, तेजबहादुर लोहिया, सन्तोष भण्डारी र त्रिलोकबहादुर चन्दले आज सर्वोच्चमा रिट दायर गरेका हुन् ।
विज्ञ र सम्बन्धित निकायसँग आवश्यक छलफल नै नगरी मन्त्रिपरिषद्ले हठातमा हप्तामा दुई दिन सार्वजनिक विदा दिएको उनीहरूको भनाइ छ ।
उनीहरूले आइतबार पनि सार्वजनिक विदा दिने वैशाख २६ गतेको निर्णय बदर गर्न र परमादेश माग गरेका छन् ।
सरकारको निर्णयअनुसार जेठ १ देखि सरकारी कार्यालयमा शनिबार र आइतबार सार्वजनिक विदा कार्यान्वयन भइरहेको छ ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया