NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

नबिल बैंकले केन्द्रीय कार्यालयसहित १७ वटा शाखाका शौचालय सार्वजनिक रूपमा प्रयोग गर्न दिने

काठमाडौं । नबिल बैंकले आफ्नो केन्द्रिय कार्यालय र १७ वटा शाखाका शौचालयलाई सार्वजनिक शौचालयका रुपमा प्रयोग गर्न दिने छ । सो सम्बन्धमा बुधबार काठमाडौं महानगरपालिका र नबिल बैंकबीच सम्झाैता भएको हो ।

महानगरका मेयर बालेन साहले गरेको सार्वजनिक अपिललाई स्वीकार गर्दै महानगरभित्रका शाखा कार्यालयका शौचालयलाई सार्वजनिक शौचालयका रुपमा प्रयोग गर्न दिने सम्झाैता भएको बैंकले जनाएको छ ।

सर्वसाधरणाले शौचालय प्रयोग गरेबापत् कुनै शुल्क तिर्नु नपर्ने बैंकको भनाइ छ ।महानगरले शौचालय सार्वजनिक प्रयोगको लागि भएको सूचना सहितको संकेतबोर्ड प्रष्ट देखिने गरी बैंकका शाखाहरुमा उपयुक्त ठाउँमा जडान गर्नेछ ।

बैंकले सार्वजनिक प्रयोगका लागि सञ्चालनमा ल्याउने सार्वजनिक शौचालयको सरसफाई र आवश्यक सामानहरुको व्यवस्था सामाजिक उत्तरदायित्वअन्तर्गत स्वयंले गर्नेछ । साथै शौचालयको नियमित मर्मत, संभार र सरसफाई, पानीको प्रबन्ध, निकासको व्यवस्था दुरुस्त राख्नेछ  । बैंकका अनुसार यो सम्झौता पाँच बर्ष अवधिको लागि गरिएको हो ।

महानगरले सञ्चालनमा आएका शौचालयको अनुगमन तथा मुल्यांकन प्रत्येक चार चार महिनामा गर्नेछ । यस सम्झौताले आम महानगरको सार्वजनिक शौचालयको सेवालाई चुस्त र व्यवस्थित गर्न मद्दत पु-याउने सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख नुरनिधि न्यौपानेले बताए ।

सन् १९८४ देखि आफ्ना सम्माननीय ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १५० शाखा, १८७ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।