NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

स्थानीय तहको निर्वाचन : २०७४ भन्दा २०७९ मा कांग्रेसले कहाँ जित्यो ? कहाँ गुमायो ? सूचीसहित

काठमाडौं । २०७४ मा जितेका २६६ मध्ये कांग्रेसले यसपटकको स्थानीय तहका निर्वाचनमा १२५ तहमा हार बेहारेको छ । तर २०७४ मा नजितेका १७९ ठाउँमा कांग्रसले स्थानीय तहको निर्वाचन जितेको छ ।

अघिल्लोपटक १६१ र यसपटक १८८ गाउँपालिकाको नेतृत्व कांग्रेसले जितेको हो ।

२०७४ मा १०५ नगरपालिका जितेकोमा यसपटक १४० नगरपालिकामा कांग्रेसले जितेको हो । गाउँपालिकाको तुलनामा नगरपालिकाको जित राम्रो रहेको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समिति मातहतकाे प्रदीप पौडेल नेतृत्वको अनुगमन मूल्यांकन तथा सुपरीवेक्षण उपसमितिले सभापति शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनमा यो विषय उल्लेख छ ।

७५२ मध्ये ३२९ तहको नेतृत्व जितेर कांग्रेसले ४४ प्रतिशत हिस्सा ओगटेको प्रतिवेदनमा उल्लेख छ ।

यस्ताे छ प्रतिवेदन