NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

आफैंसँग विवाह : ऐना हेरेर आफैंलाई सिन्दुर हालिन्, एक्लै हनिमुन जाने

गुजरात । सामान्यतया हामी विवाह शब्द सुन्ने बित्तिकै दिमागमा एक अलगै प्रकारको माहोल, त्यहाँको रमाइलो र बेहुला तथा बेहुलीको कल्पना गर्छौं । तर भारतमा यसको विपरीत एक युवतीले आफैंसँग विवाह गरेकी छन् ।

गुजरातकी २४ वर्षीया क्षमा बिन्दुले आफैंसँग विवाह गरेकी हुन् । उनले विवाह गर्नु अगाडी हल्दी, मेहेन्दी कार्यक्रम समेत गरेकी थिइन् । उनको विवाहमा पण्डित र बेहुलाबाहेक सबै कुरा थियो । बिन्दुले ऐना अगाडि उभिएर आफैंलाई सिन्दुर हालेर मंगलसुत्र लगाइन् ।

केही साथीहरूकाे उपस्थितिमा उनले विवाह गरेकी हुन् ।

सो विवाह गराउनका लागि कुनै पण्डित तयार नहुनाले उनले मोबाइलबाट मन्त्र बजाएर विवाह गरिन् । उनी अब हनिमुनका लागि दुई साता गोवा जाने निर्णय गरेकी छिन् ।

विवाह गर्न मन नभएको तर बेहुली बन्ने चाहनाले गर्दा आफैंसँग विवाह गरेको उनको भनाई छ ।

बिन्दु बडोदराको पुणेस्थित आउटसोर्सिङ अफिसमा काम गर्छिन् । उनले सोही वर्ष एमएस युनिभर्सिटी वडोदराबाट समाजशास्त्र विषयमा बीए पनि गरेकी छिन् । उनले यसअघि जुन ११ मा विवाह गर्ने भए पनि विवादबाट बच्न तीन दिनअघि नै विवाह गरेकी हुन् ।