NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

पृथ्वी राजमार्गमा एकतर्फी यातायात सञ्चालन

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका ४, साँखर ड्याममा सडक भासिएपछि अवरुद्ध भएको राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।

शुक्रबार बिहानैदेखि अवरुद्ध भएको राजमार्ग दिउँसो २ बजेपछि एकतर्फी रुपमा सञ्‍चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । यातायात सुरु गराउन भित्ता काटिएकाे थियाे ।

सडक भासिएको ठाउँमा बा १० च ४६७९ नम्बरको कार एउटा कार समेत पुरिएको छ । कार पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमध्ये गोरखाको छोप्राक घर भई हाल आँबुखैरेनी गाउँपालिका-२ का ३५ वर्षीय केशव घिमिरे रहेको र अर्का मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

 

 

भासिएकाे पृथ्वी राजमार्ग खुलाउन भित्ता काट्न सुरु