NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

गंगालाल अस्पतालले माग्यो डाक्टर, नर्सलगायत पदमा ५७ जनशक्ति

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले विभिन्न प्राविधिक तथा अप्राविधिक पदमा ५७ जनशक्ति माग गरेको छ ।

कन्सल्ट्यान्ट कार्डियोलोजिस्ट, नर्स, ल्याब टेक्निसियन, प्रशासन सहायकलगायत पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न केन्द्रले आइतबार विज्ञापन आह्वान गरेको हो ।

केन्द्रले स्टाफ नर्स पदमा खुलामा मात्रै १७ जनशक्ति माग गरेको छ । कन्सल्ट्यान्ट कार्डियोलोजिस्ट, रेडियोलोजिस्टलगायत पदमा १/१ सिटमा आवेदन माग गरिएको छ ।

केन्द्रले लोक सेवा आयोगको जेठ २६ को निर्णयअनुसार विज्ञापन गरेको जनाउँदै योग्यता पुगेकालाई आवेदन दिन आह्वान गरेको छ ।

आइतबारदेखि अबको २१ दिनसम्म सिंगल र त्यसपछिको एक साता दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिनेछ ।

केन्द्रले खुलाका अतिरिक्त आन्तरिक प्रतियोगिताका लागि पनि एकसाथ आवेदन आह्वान गरेको छ ।