NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

रोनाल्डोबिना मैदानमा उत्रिएको पोर्चुगल स्विजरल्याण्डसँग हार्यो

काठमाडौं । स्विजरल्याण्डसँग पोर्चुगल पराजित भएको छ । यूईएफए नेसन्स लिगअन्तर्गत आइतबार राति भएको खेलमा पोर्चुगल १–० गोल अन्तरमा पराजित भएको हो ।

स्विजरल्याण्डलाई जित दिलाउन हरिस सेफेरोभिकले गोल गरे । उनले खेलको पहिलो मिनेटमा स्विजरल्याण्डका लागि गोल गरेका हुन् ।

पोर्चुगल यो खेलमा क्रिष्टियानो रोनाल्डोबिना मैदानमा उत्रिएको थियो । खेलको दौरान पोर्चुगलले गोल गर्ने केही मौका सिर्जना नगरेको होइन । तर सदुपयोग गर्न सकेन ।

हारसँगै लिग ए समूह २ को पोर्चुगलले ४ खेलमा ७ अंक जोडेको छ ।

पोर्चुगल समूहको दोस्रो स्थानमा रहेको छ ।