NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

स्वास्थ्य राज्यमन्त्री प्रहरी नियन्त्रणमा, महिलामाथि कुटपिट गरेको आरोप

काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एक महिलालाई कुटपिट गरेको जाहेरी परेपछि प्रहरीले उनलाई मंगलबार बिहान नियन्त्रणमा लिइएको हो ।

तुलसीपुर उपमहानगर–५ स्थित एक महिलाले वलीले आफूलाई घरमै आएर कुटपिट गरेको प्रहरीमा उजुरी गरेकी थिइन् । महिलाको उजुरीपछि सोधपुछका लागि उनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

नियन्त्रणमा रहेकी वलीलाई अभियोगबारे प्रहरीले अहिले सोधपुछ गरिरहेको छ ।

तत्कालीन नेकपाबाट उपनिर्वाचन जितेकी विमलाले नेकपा खारेजीपछि माओवादी केन्द्र रोजेकी थिइन् ।