NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

युक्रेनको सेभेरोदोन्स्तेक सहर पुग्ने सबै पुल ध्वस्त

किएभ । युक्रेनको प्रमुख सहर सेभेरोदोन्स्तेकसम्म पुग्ने सबै पुल रुसी आक्रमणबाट ध्वस्त भएका छन् ।

सहर प्रवेश गर्ने पुल ध्वस्त भएपछि त्यस क्षेत्रमा अत्यावश्यक वस्तुहरुको परिपूर्ति गर्न तथा नागरिकहरुलाई अन्य ठाउँमा स्थान्तरण गर्न असम्भव भएको स्थानीय गभर्नर सेर्हेई हाइडाईले बताएका छन् ।

अनुसार हाल सेभेरोदोन्स्तेकका तीन वटा पुल ध्वस्त भएका छन् भने सहरको ७० प्रतिशत क्षेत्र रुसले कब्जामा लिएको छ ।

अहिले पूर्वी युक्रेनी सहरमा भीषण लडाइँ भइरहेको छ । रुससमर्थित स्वघोषित डोनेट्स्क पिपुल्स रिपब्लिकका लडाकुहरूले उक्त सहरमा बाँकी रहेका युक्रेनी सेनाले आत्मसमर्पण गरेर फर्किनुपर्ने वा ज्यान दिनुपर्ने बताएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष