NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

फिल्म हेर्दा आफ्नो घरमा पालेको कुकुर सम्झेर रोए मुख्यमन्त्री

काठमाडौं । रक्षित शेट्टी स्टारर फिल्म ‘७७७ चार्ली’ जुन १० मा सिनेमाघरमा रिलिज भएको छ । यो फिल्ममा मानिस र कुकुर बीचको सम्बन्धलाई चित्रण गरिएको छ । यस फिल्मको स्पेशल स्क्रिनिङमा कर्नाटकका मुख्यमन्त्री बसवराज बोम्मई पनि पुगेका थिए र फिल्म हेरेपछि उनी भावुक भए ।

फिल्म हेरिन्जेल हलभित्र उनी पटक पटक रोएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ‘७७७ चार्ली’को कथा देखेर मन्त्री बसवराजलाई आफ्नो घरपालुवा कुकुरको याद आएको बताएका छन् ।

गत वर्ष मृत्यु भएको आफ्नो कुकुर सम्झेर भावुक बनेको उनले बताए । भिडियोबाहेक सार्वजनिक भएका केही तस्बिरमा पनि उनी रोएको देख्न सकिन्छ ।

फिल्म हेरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्रीले भने, ‘कुकुरमाथि धेरै फिल्म बनेका छन् । तर यो फिल्ममा जनावर र भावनाबीच ठूलो तालमेल छ । कुकुरहरूले आफ्ना भावनाहरू आफ्नो आँखाबाट व्यक्त गर्छन् । चलचित्र ‘७७७ चार्ली’ धेरै राम्रो छ र सबैले हेर्नुपर्छ । म निःशर्त प्रेमको कुरा गर्छु र कुकुरको माया निशर्त र शुद्ध हुन्छ ।’

आफ्नो कुकुरको बिदाई गर्दै मुख्यमन्त्री

‘७७७ चार्ली’लाई किरणराजले निर्देशन गरेका हुन् । यस फिल्ममा रक्षित शेट्टीका अलावा संगीता शृंगेरी, राज बी शेट्टी, दानिश सैत र बबी सिन्हा मुख्य भूमिकामा छन् । मिडिया रिपोर्टका अनुसार फिल्मले हालसम्म सबै भाषामा करिब २४ करोडको व्यापार गरेको छ । बक्स अफिसमा ‘७७७ चार्ली’ले पहिलो दिन ६.२७ करोड, दोस्रो दिन ७.८७ करोड र तेस्रो दिन १०.०१ करोडको व्यापार गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष