NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

चितवन । चितवनमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज रत्ननगर नगरपालिका–९ गणेशचोक नजिकै टाँडीबाट भरतपुरतर्फ जाँदै गरेको ना४ख २७४८ नंको ट्रकले ठक्कर दिँदा रत्ननगर नगरपालिका–१० का ३७ वर्षीय उमेश दराइको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दराइको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकरीले जानकारी दिए ।

दराइलाई ठक्कर दिने ट्रक फरार रहेको थियो । सोही दुर्घटनाको विषयलाई लिएर स्थानीयवासीले ट्रकलाई नियन्त्रणमा नलिएसम्म बाटो अवरोध गरेका थिए । ट्रक चालक मकवानपुरको हेटाैंडा उपमहानगरपलिका–१४ का ४५ वर्षीय धावा थोकरलाई ट्रकसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको प्रवक्ता अधिकारीले बताए । उनका अनुसार ट्रकचालकसहित नियन्त्रणमा लिएपछि अहिले सडक अवरोध हटाइ दुईतर्फी सञ्चालन भएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष