NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

एसीसी महिला टी-२० च्याम्पियनसिपको सेमिफाइनलमा पुग्यो नेपाल

काठमाडौं । मलेसियास्थित किनरारा क्रिकेट मैदानमा भएको खेलमा बहराइनलाई हराउँदै नेपाल एसीसी महिला टी-२० च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

नेपालले बहराइनलाई ८ विकेटले पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो ।

मैदानमा टस जितेर फिल्डिङ गरेको नेपालका बलर कविता कुँवर, अस्मिना कर्मचार्य र सबनम राईले समान २ विकेट लिएका थिए । बहराइन १४ रनमै सीमित भएको छ ।

बहराइनले दिएको १५ रनको लक्ष्य नेपालले ३.४ ओभरमा २ विकेट पूरा गरेको हो । वर्षाका कारण सात ओभरमा घटाइएको खेलमा बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै जम्मा १४ रन बनाएको थियो ।

अघिल्ला दुई खेलमा नेपालले भुटान र कुवेतलाई हराएको थियो । अन्तिम खेलमा नेपाल हङकङसँग खेल्नेछ ।