एसपिपी अस्वीकार गरेको पत्र अमेरिकालाई लेख्ने सरकारको निर्णय
काठमाडौं । विवादित अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) अस्वीकार गर्ने जानकारी गराउँदै नेपाल सरकारले पत्र लेख्ने भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले एसपिपी अस्वीकार गर्ने विवरणसहित अमेरिकालाई पत्र लेख्ने निर्णय गरेको एक मन्त्रीले बताए ।
एसपिपीमा सहभागी गराउन भन्दै सन् २०१५ तिर तत्कालीन नेपाली सेनाले अमेरिकालाई पत्र लेखेर थियो । सो विषय सरकारले लागू गर्ने तयारी गरेपछि नेपालमा चर्को विवादमा परेको थियो ।
सेनाको अनुरोध सन् २०१९ मा स्वीकार गरिएको काठमाडौंस्थित अमेरिकी दूतावासले उल्लेख गरेको थियो ।
तर उक्त कार्यक्रम अमेरिकाको सैन्य रणानीति अन्तर्गतको भएको हुनाले नेपाल सहभागी हुन नहुने आवाज उठेपछि सरकार पछि हटेको हो ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया