NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

दल दर्ता गर्न निर्वाचन आयोग पुगे रवि लामिछाने

काठमाडौं । रवि लामिछाने दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् ।

उनी राष्ट्रिय सभागृहबाट दलबलसहित निर्वाचन आयोग पुगेका हुन् । लामिछानेको साथमा श्रीमती निकिता पौडेलसमेत निर्वाचन आयोग पुगेकी छिन् ।

पूर्वसञ्चारकर्मी लामिछानेले आजै मात्र राष्ट्रिय स्वतन्त्र पार्टी नामक नयाँ दलको घोषणा गरेका थिए ।

चुनाव चिह्न घण्टी माग्ने तयारी भएको उनले बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टी, केन्द्रीय कार्यालय बसुन्धरामा – NepalWatch