NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

सरकारी किर्ते मुद्दामा दोषी प्रमाणित एमाले प्रदेश सभा सदस्य खातुन पदमुक्त

काठमाडौं । सरकारी छाप र दस्तखत किर्ते मुद्दामा दोषी प्रमाणित भएपछि प्रदेश नम्बर १ एमाले प्रदेशसभा सदस्य गुलेफुन खातुनको पद गुमेको छ ।

जिल्ला र उच्च अदालतको फैसला विरुद्ध खातुनले दिएको निवेदन सर्वोच्च अदालतका न्यायधीश सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले जेठ २५ मा खारेज गरेको थियो । उनको निवेदनमा प्रमाण नपुगेको भन्दै सार्वोच्चले खारेज गरी जिल्ला र उच्च अदालत विराटनगरकै फैसलालाई सदर गरेको हो । खातुन २०७४ को निर्वाचनमा प्रदेश १ मा एमालेको तर्फबाट समानुपातिक प्रदेशसभा सदस्य हुन् ।
किर्ते मुद्दामा दोषि ठहर गर्दै जिल्ला अदालत मोरङले २०७४ बैशाख ३१ गते उनलाई एक वर्ष कैद र ५० हजार जरिवाना तोकेको थियो ।जिल्ला आदालतको फैसला विरुद्ध खातुनले उच्च अदालत विराटनगरमा ०७४ माघ ३० गते मुद्दा पुनरावेदनको निवेदन दिएकी थिइन् । उच्च अदालतले पनि जिल्लाकै फैसला सदर गर्ने आदेश दिएको थियो । दुवै अदालतको आदेश विरुद्ध उनले सर्वोच्चमा निवेदन दिएकी थिइन् ।

प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को उम्मेदवारको अयोग्यता सम्बन्धी दफा १३  र १६ बमोजिम अयोग्य रहेको अदालतबाट ठहर भए साे पदबाट मुक्त हुने उल्लेख छ ।