NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

ज्वारचनले गरे पदभार ग्रहण

काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रबन्धक पदमा वरिष्ठ क्याप्टेन दीपुराज ज्वारचनले पदभार ग्रहण गरेका छन् ।

उनलाई असार ६ गतेको मन्त्रिपरिषद्को बैठकले अस्थायी महाप्रबन्धकको रूपमा नियुक्त गरेको थियो ।

पदभार ग्रहणका क्रममा उनले सबैबाट सहयोग पाउने अपेक्षा गरेका छन् । त्यस्तै निगमको समग्र सुधारका लागि अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना र त्यसको लागि रणनीति तथा कार्ययोजना बनाउने बताए ।

एयरबस ३२० को प्रशिक्षक पाइलटसमेत रहेका ज्वारचनले यसअघि निगममा अपरेशन निर्देशकको भूमिका पनि निभाइसकेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष