सम्झौताविपरित गिट्टी बालुवा दोहन गर्न दिने जीतपुरसिमरा उपमहानगरका अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जीतपुरसिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित दुईविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाई, न्यू पाथिभरा सप्लायर्स हेटौंडा–४, मकवानपुरका प्रोपाइटर मिराकुमारी श्रेष्ठ र उक्त सप्लायर्स कम्पनीविरूद्ध राजस्व चुहावटको आरोपमा मुद्दा दायर गरेको हो ।
उपमहानगरपालिकाले न्यू पाथिभरा सप्लायर्स, हेटौंडासँग सम्झौता विपरित नियमित रूपमा गिट्टी बालुवा उत्खनन, बिक्री वितरण कार्य गर्न दिएको पाइएको छ। यस्तो कार्यमा उपमहानगरपालिकाकै कर्मचारीको संलग्नतामा अनियमितता भएको भन्ने उजुरी परेको थियो ।
उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सेढाईंले बालगंगा खोलाबाट खोलाजन्य पदार्थ उत्खनन, संकलन तथा बिक्री गर्ने गरी न्यू पाथिभरा सप्लायर्स हेटौँडा–४, मकवानपुरसँग सम्झौता गरेका थिए ।
सम्झौता गर्दा ठेकेदार कम्पनीबाट दुई किस्तावापत हुन आउने रकमको कार्य सम्पादन जमानत लिनुपर्ने थियो । तर, सेढाइंले सो रकम नलिई सम्झौता गरेको अनुसन्धानमा खुलेको छ । अनुसन्धानका क्रममा उक्त कम्पनीले रु.१,२०,२८,०९० राजश्व चुहावट गरेको पाइएको छ ।
सेढाईलाई एक करोड बीस लाख अठ्ठाइस हजार नब्बे रुपैयाँ बिगा रकम माग दाबी सँगै कैद सजायको मागदाबी गरिएको छ ।
साथै न्यू पाथिभरा सप्लायर्स, हेटौडा–४, मकवानपुरलाई एक करोड छैसठ्ठी लाख बहत्तर हजार छ सय रुपैयाँ बिगो माग दाबी गरिएको छ ।
ताजा अपडेट
-
न्यूयोर्कका सार्वजनिक स्थलमा बन्दुक बोक्न निषेध
-
सुडानमा सरकार विरोधी आन्दोलन थप चर्किदै
-
पोखरा स्पोर्ट्स अवार्ड :अरुणा र प्रदीप वर्ष उत्कृष्ट खेलाडी
-
बैतडीबाट पाँच महिलाको उद्धार
-
नेकपा एसका अध्यक्षलाई भारतीय राजदूतले भेटे
नेपालवाच विशेष
-
भएका १९ विमानस्थल अलपत्र, तैपनि थप गर्ने चटारो
-
अब कति बजेट पाउँछन् प्रदेश र स्थानीय तहले ?
-
जहाज हराएको घटना : मृत्युको पुष्टि नभइ मुख्यमन्त्रीदेखि मेयरसम्मले दिए श्रद्धाञ्जलि !
-
पूर्वप्रशासकका नजरमा यी हुन् काठमाडौं महानगरका विकृति र बालेनका चुनौती
-
महिनावारीकाे विज्ञापन संसार : सय वर्षमा बदलिँदैछ मानसिकता
प्रतिक्रिया