NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

दाइले सजग गराउनुभयो : रवि लामिछाने

काठमाडौं । सञ्चारकर्म छोडेर राजनीतिमा होमिएका रवि लामिछानेले यतिबेला रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरिहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी खोलेपछि उठेका प्रश्नहरूको उनी जवाफ दिइरहेका छन् ।

पत्रकारहरूले लामिछानेलाई आफ्नै दाजु हरिशरण लामिछानेसँगको सम्बन्धबारे प्रश्न सोधेका थिए । त्यसको जवाफ दिँदै उनले दाजुले आफूलाई सजग गराएको विषयलाई सकारात्मक रुपमा लिएको बताएका छन् ।

‘दाइसँग छलफल नभएको होइन छलफल गरेका छौं । आाशीर्वाद नलिने भन्ने हुँदैछ । जसले मलाई हात समातेर डाहोर्यायो । उहाँलाई सम्मान नगर्ने भन्ने हुँदैन । भाइले गलत गर्ला भनेर दाइले सजग गराउनुभयो,’ उनले भने ।

लामिछानेले लोकतन्त्रमा बहस हुनु सामान्य रहेको बताए ।

‘लोकतान्त्रिक व्यवस्थामा वैचारिक बहस हुनु सामान्य हो । लोकतन्त्रमा कतिपय कुरा घरमै गछौं कतिपय बाहिर गछौं,’ उनले भने ।

लामिछानेले दाजु कुशल सञ्चारकर्मी भएको बताउँदै उनले दिएका सुझाबलाई ग्रहण गरे पनि पार्टीमा परिवारवाद भने हाबी हुन नदिने स्पष्ट पारे ।