NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

चलचित्र क्षेत्रबाट अवकाश लिने तयारीमा ब्राड पिट

काठमाडौं । विश्व चर्चित अभिनेता मध्येका ब्राड पिटले हालै एउटा खुलासा गरेका छन् । एक अन्तर्वार्तामा अभिनेताले छिट्टै चलचित्र क्षेत्रबाट सन्यास लिने योजनामा ​​रहेको बताए । तर उनले कहिले सन्यास लिने भन्ने खुलाएनन् ।

उनले अब यो उद्योगमा आफ्नो अन्तिम समय भएको बताएका छन् ।

ब्राड पिटले भने, ‘उद्योगमा यो मेरो अन्तिम समय हो । मलाई थाहा छैन, त्यसपछि कस्तो महसुस हुनेछ, म त्यो समयलाई कसरी सदुपयोग गर्नेछु । म ती व्यक्तिहरूमध्ये एक हुँ जो आफ्नो कलाबाट परिचित छन् ।’ ब्राडले भर्खरै ‘वन्स अपन अ टाइम इन हलिउड’ मा उनको सहायक भूमिकाको लागि ओस्कर जितेका थिए ।

ब्राडको व्यक्तिगत जीवनको बारेमा कुरा गर्दा अभिनेता हाल आफ्नी पूर्व पत्नी एन्जेलिना जोलीसँग कानुनी विवादमा छन् । ब्राडले एन्जेलिनाविरुद्ध मदिरा व्यवसायमा आफ्नो सेयर बेचेको भन्दै मुद्दा दायर गरेका छन् । वर्कफ्रन्टमा रहेको ब्राड पिटको आगामी फिल्म ‘बुलेट ट्रेन’ अगस्ट ५ मा रिलिज हुँदैछ ।