NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

पोखरामा अविरल वर्षा : सु्इँखेत डुब्यो, हेम्जामा पहिरो

काठमाडौं । लगातारको अविरल वर्षाले पोखराका विभिन्न स्थानहरूमा डुवान तथा पहिरो गएको छ ।

पोखराको सुइँखेत डुवानमा परेको छ । डुवानपछि त्यहाँ १२५ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

शुक्रबारदेखि परेको अविरल वर्षाले पोखरा महानगरपालिका–२५ का सुइँखेतलगायत स्थान डुवानमा परेका हुन् । त्यहाँ करिब १५० घर छन् ।

लगातारको वर्षाले बस्ती डुबेपछि उद्धार गरेर सुरक्षित स्थानमा राखिएको छ ।

घटनामा कुनै मानवीय क्षति भने भएको छैन । तर बाढीले पशुचौपाय बगाएका छन् । केही पहिरोमा पनि पुरिएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, हालसम्म दुई दर्जन बढी खसीबाख्रालगायतका पशु चौपाया बगाएको रिपोर्ट आइपुगेको छ ।

त्यसैगरी, पोखरा–२५ को हेम्जा, छैटारी, जुकेपानीमा पहिरो गएको छ ।