NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

गुजरात दंगा आरोपमा मोदीलाई सफाइ

काठमाडौं । गुजरातमा दंगा भड्काउन भूमिका खेलेको आरोप खेप्दै आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अदालतबाट सफाइ पाएका छन् ।

सन् २००२ मा गुजरातमा भएको दंगामा तत्कालीन मुख्यमन्त्री मोदी जिम्मेवार नरहेको फैसला त्यहाँको सर्वोच्च अदालतले गरेको हो ।

मोदी उक्त दंगामा जिम्मेवार हुँदाहुँदै पनि समावेश नगरिएको भन्दै उनीविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो । तर सर्वोच्चले उक्त रिट नै खारेज गरिदिएको छ । सर्वोच्चले गुजरात दंगामा उच्च अधिकारीबाट हिंसा भड्काउने कार्य नभएको पनि फैसला गरेको छ ।

मोदी गुजरात राज्यको मुख्य मन्त्री छँदा सन् २००२ मा कैयनको ज्यान जानेगरी त्यहाँ दंगा फैलिएको थियो । जसमा मोदी संलग्न रहेको आरोप लाग्दै आएकोमा उनले त्यसबाट मुक्ति पाएका छन् ।