NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

छापामा आज : कसले के लेखे ?

काठमाडौं । आज मिति ०७९ असार १२ गते । काठमाडौंबाट प्रकाशित हुँदै आएका अखबारहरू सदाझै आज पनि विविध सामग्रीका साथ बजारमा आएका छन् । कुनैले अनियमितताको चिरफार गरेका छन् भने कुनैले प्रकोपको जोखिमबारे झक्झक्याएर सचेत गराएका छन् ।

मन्त्रिपरिषद् छलेर औषधिको मूल्य बढाउन लागिएको विषयमाथि कान्तिपुरले आज मुख्य समाचार बनाएको छ । औषधिको मूल्य बढाउनुपर्ने औचित्य भए मन्त्रिपरिषद्ले नियमावली, निर्देशिका र कार्यविधि बनाउन वा संशोधन गर्न सक्ने भए पनि मन्त्रालय छाड्नुअघि स्वास्थ्य मन्त्री विरोध खतिवडाले हतारहतार मन्त्रीस्तरीय निर्णय गराउन कार्यप्रक्रिया निर्माण गराउन लगाएको कान्तिपुर समाचारमा उल्लेख छ ।

एकीकृत समाजवादीको नेतृत्व कठोर हुँदा मन्त्री लचक हुन पुगेको, धादिङमा मलको कालोबजारी हुँदा किसान बोरामै २८ सयमा खरिद गर्न बाध्य भएकोलगायत खबर पनि कान्तिपुरको पहिलो पृष्ठमा छ ।

अन्नपूर्णको नजर अलि फरक विषय सार्वजनिक जग्गा दुरूपयोगमाथि परेको छ । ‘सुदूरका सहरहरू वर्षौंदेखि ऐलानीमा’ शीर्षक दिएर अन्नपूर्णले कभर स्टोरी अनुसार, सुदूरपश्चिम प्रदेशको कर्णालीदेखि कञ्चनपुरसम्म राजमार्गको धेरै सहर बजार ऐलानीमा बनेका छन् ।

बाघले चितवनमा वर्ष दिनमै १६ जनाको ज्यान लिएको, अमेरिकाको ९ राज्यमा गर्भपतन सेवा ठप्प भएकोलगायत खबर पनि अन्नपूर्णमा पढ्न सकिन्छ ।

नयाँ पत्रिकामा चाहिँ बर्खाको बाढीपहिरोले पछिल्लो ६ वर्षमा पुगेको जनधनको क्षतिको हिसाब छ । यसका अतिरिक्त नेकपा एसको नेतृत्व मन्त्रीप्रति कठोर बनेको, मल नपाएर कसान हैरानीमा परेको लगायत खबरलाई पनि नयाँ पत्रिकाले समेटेको छ ।

सरकारी मुखपत्र गोरखापत्रले राहत दिन पेट्रोलियम पदार्थको मूल्य घटाइएको खबर लेखेको छ ।