NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ । दिउँसो १ बजेका लागि तय बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।

संसद् सचिवालयका अनुसार, लोक सेवा आयोग विधेयक, २०७५ र नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ संशोधनसम्बन्धी प्रस्ताव आजको बैठकमा पेस गर्ने सम्भावित कार्यसूची छ ।

लोक सेवा विधेयकमाथि राष्ट्रियसभाले संशोधन गरिसकेको छ भने नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ पनि राष्ट्रियसभाबाट नै उत्पत्ति भएको हो ।

दुवै प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तुत गर्नेछन् । आजकै बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले लोक सेवा आयोगको ६२ औं वाषिर्क प्रतिवेदन पनि पेस गर्दैछन् ।