NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

क्यान्सरसँग जुध्दै कीर्तिमानी सगरमाथा आरोही, प्रचण्डले भेटे

काठमाडौं । कीर्तिमानी सगरमाथा आरोही शम्भु तामाङ क्यान्सर रोगबाट ग्रस्त भएका छन् । संक्रमणले अवस्था थप बिग्रिएपछि उनी हरिसिद्धिस्थित क्यान्सर अस्पताल भर्ना भएका छन् ।

अस्पतालमा उपचाररत तामाङलाई आइतबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भेटेका छन् ।

तामाङ उपचाररत हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल पुगेर प्रचण्डले आइतबार बिहान तामाङको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।

तामाङ अहिलेसम्मकै कम उमेरमा सगरमाथाको आरोहण गर्ने व्यक्ति हुन् । सन् १९७३ मे ५ मा सगरमाथाको चुचुरोमा पाइला टेक्दा तामाङ १७ वर्ष ६ महिना ५ दिनका थिए । उनले गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा कम उमेरमा सगरमाथा आरोहण गर्ने भनेर राखेको रेकर्ड अहिलेसम्म कसैले तोड्न सकेका छैनन् ।