NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

क्यानडा भ्रमण र लिग–२ का लागि क्रिकेट टोली घोषणा, अटेनन् यी तीन खेलाडी

काठमाडौं । क्यानडा भ्रमण र लिग–२ का लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा भएको छ ।

टोलीका अन्य सदस्यमा उपकप्तान रोहित पौडेल, कुशल भुर्तेल, विकेट किपर आसिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, किशोर महतो, विनोद भण्डारी, बसिर अहमद र पवन शर्राफ छन् ।

योपटक नेपाल क्रिकेट संघ (क्यान)ले लिग–२ का लागि अमेरिका भ्रमण गरेको टोलीका तीनजना खेलाडीलाई समावेश गरेको छैन । जसमा सुनिल, सुशन र सागर छन् ।

नेपालले घरेलु टोली क्यानडासँग असार २० र २१ गते गरी दुईवटा एकदिवसीय शृंखला खेल्ने छ । नेपालले असार १७ ओन्टारियोसँग एकदिवसीय अभ्यास खेल खेल्नेछ ।

नेपालले आइसिसी लिग २ अन्तर्गत स्कटल्याण्डमा हुने शृंखलाअघि तयारीस्वरुप यी खेल खेल्न लागेको हो ।

नेपाली टोली असार १४ गते क्यानडा उड्ने छ ।