NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

सिरहामा गोली चल्यो, एकजना घाइते

काठमाडौं । सिरहामा गोली चल्दा एकजना घाइते भएका छन् । लहान नगरपालिका– २२ मा किशोरहरू खेलिरहेको बेला गोली चल्दा एकजना घाइते भएका छन् ।

घाइते हुनेमा १८ वर्षीय दिलिप मुखिया इलाका प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।

दिलिपको स्थानीयस्तरमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

१९ वर्षीय सुशान्त चौधरीले पेस्तोल पड्काएको बताइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।