NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

१० बुँदे सहमति विद्रोह असफल बनाउने ओलीको षड्यन्त्र थियो : माधव नेपाल

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १० बुँदे सहमति ओलीले आफूहरूलाई कमजोर बनाउने षड्यन्त्र भएको टिप्पणी गरेका छन् ।

प्रज्ञा प्रष्ठिानमा सोमबारबाट सुरू भएको पार्टीको केन्द्रीय परिषद् बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले आफ्नो विद्रोहलाई असफल बनाइ व्यवस्था समाप्त पार्न ओलीले षड्यन्त्र रचेको आरोप लगाएका हुन् ।

‘१० बुँदे सहमति विद्रोहलाई असफल बनाउने ओलीको षड्यन्त्र थियो । उनको उदेश्य आन्दोलनाई असफल बनाउने र व्यवस्थालाई सामाप्त पार्ने षड्यन्त्र थियो भन्ने कुरा हामीले पछिमात्र थाहा पायौं’, उनले भने, ‘हामीले संविधान, लोकतन्त्र र व्यवस्था जोगाउनका लागि विद्रोह गरेपछि ओलीको षड्यन्त्र असफल भएको हो ।’

उनले वर्तमान गठबन्धनकै कारण व्यवस्था जोगिएको जिकिर गरे ।