NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

आजका अखबार : कसले के लेखे ?

काठमाडौं । काठमाडौंबाट आज प्रकाशित अखबारले विविध विषय उठान गरेका छन् ।

नयाँ पत्रिका दैनिकले त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसको जग्गा लिजबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार, पाटन क्याम्पसको ११ रोपनी जग्गा लिजमा लिगएको लबिम मलले तीन वर्षदेखि भाडा तिरेको छैन । त्यसैगरी त्रिविको जग्गामा सामाजिक संस्थादेखि निजीसम्मले रजाइँ गरेका छन् । वल्र्ड ट्रेड सेन्टरले पनि ०७५ सालदेखि भाडा तिरेको छैन ।

अन्नपूर्णले राजस्व न्यायाधीकरणमा भएको धरौटी चलखेलमाथि कभर स्टोरी बनाएको छ ।

‘राजस्व न्यायाधीकरणहरूले साढे १२ अर्ब रकम गोलमाल गरेको पाइएको छ । पुनरावेदन दर्ता गर्दा दाखिला गर्नुपर्ने धरौटी १२ अर्ब ६२ करोड १७ लाख कम भएको संसदीय समितिको प्रारम्भिक अध्ययनले देखाएको छ । जबकि धरौटी १३ अर्ब ९७ करोड रूपैयाँ उठ्नुपथ्र्यो,’ अन्नपूर्ण समाचारको लिड लाइनमा लेखिएको छ ।

सर्लाहीको चन्द्रनगर–४ का दलित बस्तीमा पक्षघातका बिरामी नै बिरामी भेटिएको फरक विषयलाई आज कान्तिपुरले विशेष प्राथमिकताका साथ मूल खबर बनाएको छ । समाचार अनुसार आर्थिक विपन्नता, ज्यालामजदुरी, दिनभर कठोर परिश्रम र साँझ गुणस्तरहीन मदिरा सेवनजस्ता कारणले अधिकांश पक्षघातका बिरामी बनेका छन् ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज