NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

रंग भएका खानेकुरा स्वास्थ्यका लागि खतरनाक

काठमाडौं । तरकारी, आइसक्रिम, टमाटर सस, अचार, जाम, जेली र क्यान्डीहरूमा आकर्षण थप्न कृत्रिम रंग प्रयोग गरिन्छ । यसलाई फूड डाई पनि भनिन्छ ।

खाद्य रंगहरू रासायनिक पदार्थहरू र सिन्थेटिक रङहरू हुन्, यसले प्रशोधित खानाको रंगलाई बढाउँछ ।

रंगको प्रयोगले खानेकुरा बढी आकर्षक देखिन्छन् । खराब गुणस्तरको खानाको रंगले एलर्जी निम्त्याउन सक्छ । जसका कारण टाउको दुख्ने, अनुहार सुन्निने, दम, सास फेर्न गाह्रो हुने र छाती दुख्ने हुन्छ ।

खानामा फूड कलरिङ प्रयोग गर्दा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । बालबालिकाले यस्तो खानेकुरा खाएमा संक्रमण हुने सम्भावना बढी हुन्छ ।

पहेँलो फाइभ फूड डाईको सेवनले छालामा रातो दागहरू देखा पर्छन् । यसले मानिसलाई अटेन्शन डिफिसिट हाइपरएक्टिविटी डिसअर्डर सक्छ । यसले एकाग्रताको कमी, अधिक चञ्चलता र छिटो रिसाउने बनाउँछ । साथै हाइपरएक्टिभिटीको समस्या, मुटु र मस्तिष्कसम्बन्धी रोग लाग्न सक्छ । कलेजो र पाचन प्रणाली बिग्रन सक्छ ।

बजारमा पाइने फास्टफुड र जंकफुडमा नक्कली टमाटर सस र केचपको प्रयोग हुने गरेको छ । यो चिनी र खानाको रंग मिसाएर बनाइन्छ । ससलाई गाढा बनाउन त्यसमा पीठो र बेसार मिसाइन्छ । चिसो पेय पदार्थमा अमोनियाको रासायनिक र कृत्रिम कारमेल रंग प्रयोग गरिन्छ । यसले क्यान्सर हुन सक्छ र मिठाईमा प्रयोग हुने कृत्रिम रंगले ब्रेन ट्युमर हुने सम्भावना हुन्छ ।

ताजा अपडेट

नेपालवाच विशेष